एप्पलले धेरै वर्षदेखि योजना बनाइरहेको ‘स्मार्ट चस्मा’को उत्पादन चाडैँ पुरा हुँदै छ।
एआर टेक्नोलोजी मार्फत् चस्मामा नै डिस्प्ले देख्न मिल्ने फिचरसहित एप्पलकोचस्मा २०२१ मा सार्वजनिक हुने अनुमान गरिएको एप्पल इन्साइडरले लेखेको छ।
उक्त चस्मालाई आइफोनसँग कनेक्ट गरेपछि सबै डाटा चस्माको डिस्प्लेमा आउने बताइएको छ।
साथै एप्पलको चस्मामा आइफोन स्वचलित रुपमा अनलक गर्न सक्ने फिचर पनि हुने एप्पल इन्साइडरको भनाइ छ। अर्थात्, प्रयोगकर्ताले अब आफ्नो उपकरण पटकपटक अनलक गरिरहनु पर्दैन। यो काम सिधैँ एप्पलको चस्माले सहज पारिदिनेछ।
प्रयोगकर्ताले एप्पलको चस्मा लगाएकै भरमा आफूले चाहेको समयमा आफ्नो उपकरणको लक खोल्न सक्नेछन्।
यसको लागि आफ्नो फोन हेरिरहनु पनि नपर्ने एप्पल इन्साइडरले बताएको छ।
एप्पलका अनुसार प्रमाणीकरण डाटाको आधारमा स्मार्ट चस्माले आफ्नो प्रयोगकर्ताको पहिचान गर्न सक्छ। यसरी प्रयोगकर्ताले मोबाइल अनलक गर्न सक्छन् र एप्पलको चस्मामा भएको सिमित पहुँच फिचरले प्रयोगकर्ताको पहिचानलाई पनि सुरक्षित राख्छ।
एप्पल चस्माको मूल्य चार सय ९९ अमेरिकी डलर हुन सक्ने अनुमान गरिएको छ।
एप्पलले यसको मूल्य वा सार्वजनिक मितिबारे हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।