‘वनप्लस’ चिनियाँ मोबाइल ब्राण्ड मध्ये एक हो। यसले नेपाली बजारमा प्रवेश गरेको ३ वर्ष भयो। यो अवधिमा वनप्लसले सस्तोदेखि महंगो मूल्य सम्मका फोन बजारमा ल्यायो।
हाल वनप्सलको ‘वनप्लस ८’ र ‘वनप्लस ८प्रो’ बजारमा पाइन्छ। यी फोन कम्पनीलको महंगा फोनअन्तर्गत पर्दछन्। यी फोनको मुख्य विशेषता उत्कृष्ट क्षमता भएको चार क्यामरा हुन्। फोनको अन्य फिचर्स बारे तल चर्चा गरिएको छ।
वनप्लस ८
यो फोनको डिस्प्ले ६.५५इञ्च रहेको छ। फोनमा तीन वटा क्यामेरा जडान गरिएको छ। जुन ४८ मेगापिक्सेल वाइड, १६ मेगापिक्सेल अल्ट्रा वाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा जडान गरिएको छ। साथै, सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहको छ।
४३ सय एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले २५६ जिबी र्याम १२ जिबी रोम क्षमतामा किन्न पाउँने छन्।
फोनको बजार मूल्य ९३ हजार रूपैयाँ तोकिएको छ।
वनप्लस ८ प्रो
यो फोनको डिस्प्ले ६.७८ इञ्च रहेको छ। फोनमा चार वटा क्यामेरा जडान गरिएको छ। जुन ४८ मेगापिक्सेल वाइड, ८ मेगापिक्सेल टेलिफोटो, ४८ मेगापिक्सेल अल्ट्रा वाइड, र ५ मेगापिक्सेलको म्याक्रो क्यामेरा जडान गरिएको छ।
साथै, सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहको छ।
४५ सय १० एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले १२८ जिबी र्याम ८ जिबी रोम र २५६जिबी र्याम १२जिबी रोम क्षमतामा किन्न पाउँने छन्।
फोनको बजार मूल्य क्रमशः १ लाख १० हजार र १ लाख २५ हजार रूपैयाँ तोकिएको छ।
मोडल | क्षमता | मूल्य |
वनप्लस ८ | १२ /२५६ जिबी | ९३,००० |
वनप्लस ८प्रो | ८ /१२८ जिबी | १,१०,००० |
वनप्सल ८प्रो | १२ /२५६ जिबी | १,२५,००० |