ओपोले सिंगिङ रियालिटी टीभी शो ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने घोषणा गरेको छ।
उक्त कार्यका लागि ओपोले हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको हो। ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो।
पुष २९ गते काठमाडौंमाआयोजित साईनिङ सेरेमोनीमार्फत सो सहकार्यको घोषणा गरिएको थियो।
यस साङ्गेतिक कार्यक्रमले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायन कलाप्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।