सेल्फी एक्सपर्टको रूपमा परिचित ‘ओपो’ ले नेपालमा राम्रो बजार पाएको छ। यो चिनीयाँ ब्राण्डको स्मार्टफोन हो।
ओपोको ‘ए’ र ‘एफ’ सिरिजका फोन बढी चल्तीमा छन्। कम्पनीले ‘ए’ सिरिजका फोन गत असोजमा बजारमा ल्याएको हो। ‘ए’ सिरिजअन्तर्गतको पहिलो उत्पादन ‘ए९–२०२०’ र ‘ए५–२०२०’ हो।
ग्राहकको माग बमोजिम विशेषगरि उपभोक्तालार्ई मध्यम मूल्यमा गुणस्तरीय फिचर्स दिने उद्देश्यले उक्त सिरिज भित्र्याएको कम्पनीका पब्लिक रिलेसन म्यानेजर सुरज महर्जन बताउँछन्।
उनका अनुसार यो स्मार्टफोन मध्यम मूल्यमा उपलब्ध छ। यहाँ ‘ए९–२०२०’ को बारेमा चर्चा गरिएको छ।
‘ए९ २०२०’ मध्यम मूल्यमा पर्ने फोन भएकोले भित्रिएको थोरै समयमा नै ग्राहकको रोजाईमा परेको कम्पनीका पब्लिक रिलेसन म्यानेजर सुरजले बताए।
डिस्प्लेः ६.५ इञ्चको वारटर ड्रप स्क्रिन
ब्याट्रीः ५ हजार एमएएच
क्यामेराः ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा
प्रोसेरः स्नयापड्रयागन ६६५
ब्याट्रीः ५ हजार एमएएच
मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामरा छ। अगाडि १६ एमपी लेन्स छ। जसले गर्दा फोटोग्राफीका लागि यो फोन अत्यन्तै उपयोगी हुने देखिन्छ।
मोबाइलमा डुअल सिम र मेमोरी कार्ड राख्न तीनवटा स्लट छन्। साथै डुअल स्टेरियो स्पिकर्स जडान गरिएको छ।
फोनमा क्षमता ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएकाले प्रयोगकर्ताले धेरै फाइल अटाउन सक्छन्।
प्रयोगकर्तालाई दैनिक चार्ज गर्न नपर्ने गरी कम्पनीले यसमा ५ हजार एमएएचको ब्याट्री दिएको छ।
६.५ इञ्चको डिस्प्ले भएको यो फोनमा प्रयोगकर्तालाई भिडियो हेर्न, फिल्म हेर्न तथा गेम खेल्न सहज हुन्छ।
फोनको मूल्य ३३ हजार ५ सय ९० रूपैयाँ छ।
कम्पनीका अनुसार ओपो ए सिरिजलाई विश्वमै उपभोक्ताहरूले अत्यधिक रूचाएका छन्।
सन् २००९ मा पहिलो ए सिरिज मोडल ‘ए९–००’ थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री ग्राहकले रूचाइएका थिए।