करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सक्ने भएका छन्।
सो विषयमा एभरेष्ट बैंक र फोन–पे पेमेन्ट सर्भिसका बिच सम्झौता भएकाे हो।
उक्त पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुताेषा शर्मा र फोन–पेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरे।
अब करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्नेछन्।
मोबाइल बैकिङमै यो सेवा उपलब्ध भएसँगै उपभोक्ता राजस्व कार्यालयमा गएर लाइन बस्न पर्दैन।
फोन–पे नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी भुक्तानी प्रणाली अपरेटर हो।
फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढी मर्चेन्ट छन्। ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ।