एनसेल आजियाटा लिमिटेडले उद्यमीहरुका लागि ‘बिजप्लस’ प्लानहरु ल्याएको छ।
सानादेखि ठूला उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सेवा प्रवाह गर्न एनसेलले यी प्लानहरु संचालनमा ल्याएको हो।
कोरोना महामारीकाबीच एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ प्लान ल्याएको बताएको छ। यो अभियानले भविष्यमा डिजिटल पावरका साथ अगाडी बढ्न अभिप्रेरित गर्ने बताइएको छ।
भ्वाइस, डेटा, एसएमएस र उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यावसायीहरुको लक्ष्य प्राप्तिका लागि योगदान पुग्ने विश्वास लिइएको छ।
साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन्। ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन्।
नयाँ बिजप्लस प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न सक्छन्। मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता सुविधाहरु पाउँछन्।
साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप सेवाहरुको फाइदा लिन सक्छन्।
साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको १४९ रुपैयाँ वा १९९ रुपैयाँ शूल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन्। कर्पोरेट ग्राहकले २९९ देखि १ हजार ४ सय ९९ रुपैयाँसम्मका ६ वटा बिजप्लान मध्य कुनै पनि प्लान सुचारु गर्न सक्छन्।
सरकारी कार्यलयका ग्राहकले १४९ रुपैयाँ देखि ४९९ रुपैयाँसम्मका ४ वटा प्लानहरुमध्ये आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन्।
बिजप्लान अन्तर्गत मासिक शूल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन्।