चिनियाँ मोबाइल कम्पनी भिभोले भर्खरै नयाँ फोन बजारमा ल्याएको छ। वाइ सिरिजअन्तर्गत भिभो वाइ–५१ हो। उक्त फोन ग्राहकले आजबाट बजारमा किन्न पाउँछन्।
उक्त फोनमा भिभोले शक्तिशाली मेमोरी, उच्च क्षमताको प्रोसेसर, ब्याट्री र उत्कृष्ट क्यामरा दिएको भिभो नेपालका सिइओ मार्स बताउँछन्।
नयाँ फोन खरिद गर्न वा हालको फोन अपग्रेड गर्न चाहनेहरुका लागि यो फोन उपयुक्त हुन्छ।
युवापुस्तालाई लक्षित गरिएको वाइ सिरिजको उक्त नयाँ स्मार्टफोनमा विभिन्न एपहरुको सहज प्रयोगको लागि ८ जिबी र्याम र १२८ जिबी स्टोरेज दिइएको छ। फोनमा एआइ ट्रिपल क्यामरा छ। जसमा मुख्य ४८ मेगापिक्सल, ८ मेगापिक्सल अल्ट्रा वाइड र २ मेगापिक्सल डेप्थ क्यामरा छ।
भिडियो खिच्नका लागी उक्त रियर क्यामरामा उत्कृष्ट प्रविधि छ जसले गर्दा दौडिरहेको वा चलिरहेको अवस्थामा पनि निकै स्थिर अल्ट्रा–स्टेबल भिडियो लिन सकिन्छ।
सेल्फीका लागि १६ मेगापिक्सलको सुपरनाइट सेल्फी छ। यी क्यामराको सहायताले प्रयोगकर्ताले कम उज्यालोमा पनि उत्कृष्ट क्षमताको फोटो लिन सक्छन्।
डिस्प्ले ६.३८ इञ्च
क्यामरा ४८/८/२ मेगापिक्सल
सेल्फी १६ मेगापिक्सल
स्टोरेज ८ जिबी र्याम १२८ जिबी रोम
५ हजार एमएएच ब्याट्री, १८ वाटको फास्टचार्जिङ सुविधा
६४ मिनेटमा ७० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने
मूल्य ३३ हजार ४ सय ९९ रूपैयाँ
प्रयोगकर्तालाई गेम खेल्न वा मुभि हेर्न तथा अनलाइन कक्षा लिन सहज होस् भनेर कम्पनीले फोनमा ६.३८ इञ्च डिस्प्ले दिइएको छ।
फोनमा ५ हजार एमएएच ब्याट्री दिइएको छ। जसले गर्दा प्रयोगकर्तालाई पटक पटक फोन चार्ज गरिरहन पर्दैन। चार्ज सकिहाले पनि फास्ट चार्ज गर्न सकिन्छ। त्यसको लागि कम्पनीले १८ वाटको फास्ट को चार्जिङ सुविधा दिएछ।
६४ मिनेटमा ७० प्रतिशतसम्म ब्याट्री रिचार्ज गर्दछ जसले प्रयोगकर्ताहरुलाई लामो समयसम्म कुनै अवरोध बिना स्मार्टफोन अनुभव दिलाउँछ।
यस फोनमा साइड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर फिचर छ जसले सहजै एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिन्छ। फोनमा भएको एआइ एल्बममा प्रयोगकर्ताले आफ्नो फोटो भिडियो सहजै व्यवस्थित गरेर राख्न सक्छन्।
सोसल मिडियामा स्टाइलिश भिडियोहरु बनाउन र शेयर गर्न सकिन्छ र रातको समयमा फोनका समस्याहरु स्क्यान गर्ने र क्लिन–अप गर्ने जस्ता कार्यहरु गर्नका लागि आइ म्यानेजर फिचर छ।
फोनको मूल्य ३३ हजार ४ सय ९९ रूपैयाँ छ।