‘वनप्लस’ चिनियाँ मोबाइल ब्रान्ड मध्ये एक हो। यसले नेपाली बजारमा प्रवेश गरेको तीन वर्ष भयो। यो अवधिमा वनप्लसले सस्तोदेखि महंगासम्मका फोन बजारमा ल्याएको छ।
हाल वनप्सलको ‘वनप्लस ८’ र ‘वनप्लस ८प्रो’ बजारमा पाइन्छ। यी फोन कम्पनीको महंगा फोनअन्तर्गत पर्दछन्। फोन फिचर्सको बारेमा तल उल्लेख गरिएको छ।
वनप्लस ८
यो फोनको डिस्प्ले ६.५५ इञ्च रहेको छ। फोनमा तीन वटा क्यामरा जडान गरिएको छ। जसमा ४८मेगापिक्सल वाइड, १६ मेगापिक्सल अल्ट्रा वाइड र दुई मेगापिक्सलको म्याक्रो छन्। साथै, सेल्फी क्यामेरा १६ मेगापिक्सलको छ।
४३ सय एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले १२ जिबी र्याम र २५६ जिबी राेम क्षमतामा किन्न पाउँछन्।
फोनको बजार मूल्य ९३ हजार रूपैयाँ छ।
वनप्लस ८ प्रो
यो फोनको डिस्प्ले ६.७८ इञ्च रहेको छ। फोनमा चार वटा क्यामरा जडान गरिएको छ। जसमा ४८ मेगापिक्सल वाइड, ८ मेगापिक्सल टेलिफोटो, ४८ मेगापिक्सल अल्ट्रा वाइड, र ५ मेगापिक्सलको म्याक्रो क्यामरा जडान गरिएको छ। साथै, सेल्फी क्यामरा १६ मेगापिक्सलको छ।
४५ सय १० एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले ८ जिबी र्याम १२८ जिबी राेम र २५६ जिबी राेम १२ जिबी र्याम क्षमतामा किन्न पाउँछन्।
फोनको बजार मूल्य क्रमशः १ लाख १० हजार र १ लाख २५ हजार रूपैयाँ तोकिएको छ।