भायानेटले इएमआइ अफर ल्याएको छ। उक्त अफरअन्तर्गत ग्राहकहरुले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुष्ट रकम नतिरी इएमआइ वा मासिक किस्ताबन्दीमा तिर्न सक्छन्।
यो अफरमार्फत् ग्राहकले १२ महिना अवधिको मासिक इएमआइ १ हाजर ९ सय ५६ रुपैयाँ तिरे पाइन्छ।
जसअन्तर्गत ३० एमबिपिएस इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यससम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिकसहित) छ।
उक्त अफर लिने ग्राहकलाई थप एक हजार रिवार्ड प्वाईट पनि उपलब्ध गराइनेछ। जुन अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध छ।
यो अफर हाल एनआइसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ। तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने बताइएको छ।