‘आइएमइ पे’ एप अध्यावधिक गरेर सुविधा थप गरिएको छ। यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा थप सेवाको अनुभव गर्ने कम्पनीको भनाइ छ। थपिएका सुविधा यहाँ दिइएको छ।
पैसा बढ्ने सुपर वालेट
आइएमइ पेले फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा ल्याएको छ।
सामान्यतया आइएमई पे वालेटमा कम्तिमा १ हजार रुपैयाँ मौज्याद रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ।
पैसा पठाउने सेवा निशूल्क
कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा निशूल्क गरिएको छ।
बैंक ट्रान्सफर शूल्क एक रुपैयाँबाट सुरु
आइएमइ पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमइ पे’ एप प्रयोग गरेर कारोबार गर्दा प्रति कारोबार एक रुपैयाँबाट शूल्क सुरु हुनेछ।
एउटा ट्रान्जेक्सनको सेवाशूल्क निशूल्क
आइएमइका देशभर रहेको एजेन्टबाट आइएमइ एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निशूल्क हुनेछ। यो सेवा आफूलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेन्टमा उपलब्ध हुनेछ।
टपअपमा पाँच प्रतिशत क्यास ब्याक
आइएमई पेले नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ।