ट्वीटरले शुक्रबारदेखि ट्वीटर ह्याण्डल भेरिफिकेसन पुनः सुचारु गरेको छ।
सन् २०१७ मा पब्लिक भेरिफिकेसन बन्द गरेको ट्वीटरले तीन वर्षपछि अकाउन्ट भेरिफिकेसन पुनः सुरू गरेको हो।
यस्तो छ भेरिफिकेसनको मापदण्ड
ट्वीटरका अनुसार कम्पनीले एक्टिभ अकाउन्ट मात्र भेरिफिकेसन गर्छ। सुरुवाती चरणमा ६ प्रकारका अकाउन्टको भेरिफिकेसन हुने कम्पनीले जनाएको छ।
जसमा सरकारी कम्पनी, ब्रान्ड, गैरनाफामुलक संस्था, समाचार संस्था, मनोरञ्जन, खेलकुद, आयोजक र प्रभावशाली व्यक्ति छन्। यद्यपि ट्वीटरले फलोअर धेरै भएका अकाउन्ट भेरिफाई गरिने जनाएको छ ।
कम्पनीले नियम उलंघन गर्ने कम्पनीको ट्वीटर अकाउन्टको भेरिफिकेसन खोसिनसक्ने समेत बताएको छ । घृणा फैलाउने पोस्ट र देशको अखण्डताको विरुद्धमा पोस्ट गर्नेहरुको ब्लू टिक ब्याज हटाइनेछ। यद्यपि यो प्रक्रिया स्वचालित भने हुनेछैन।