एप्पलले म्याकबुक ल्यापटपको नयाँ सिरिज निकाल्ने तयारी गरिरहेको छ।
इन्ग्याजेटका अनुसार एप्पलले नयाँ म्याकबुक एयरको डिजाइन बनाउन सुरु गरिसकेको छ। प्रयोगकर्ताबीच यसको नयाँ फिचरबारे चर्चा बढिरहेको छ।
म्याकबुक एयर एप्पलको पुराना उत्पादन भन्दा पातालो र हलुका हुने बताइएको छ। कम्पनीले ल्यापटपको आकार र चौडाइ कति हुन्छ भनेर सार्वजनिक गरेको छैन।
हाल म्याकबुकको डिस्प्ले आकार १३ इन्च रहेको छ। कम्पनीले नयाँ म्याकबुक एयरको आकार घटाए सँगै त्यसको डिस्प्ले इन्च पनि कम हुनेछ।
यो ल्यापटपमा नयाँ जेनेरसको एम१ प्रोसेसर र चार्जिङको लागि म्यागसेफ चार्जर हुने इन्ग्याजेटको भनाइ छ। म्यागसेफ चार्जर वायरलेस हुन्छ, जसबाट उपकरणहरु सजिलै चार्ज गर्न सकिन्छ।
यसैगरी म्याकबुक एयरमा एल.इ.डी स्क्रिन हुने अनुमान गरिएको छ।
एप्पलका विश्लेषक मिङ ची कुओका अनुसार म्याकबुक एयर यही वर्षको अन्तिमतिर वा २०२२ को सुरुवातमा सार्वजनिक हुनसक्ने अनुमान गरिएकाे छ।
कम्पनीले भने अहिलेसम्म नयाँ म्याकबुक एयर ल्याउनेबारे कुनै आधिकारिक जानकारी दिएको छैन।