सामसङ नेपालले भर्खरै एस२१ सिरिज नेपाली बजारमा ल्याएको छ। ती हुन्ः ग्यालेक्सी एस२१, एस२१प्लस र एस२१ अल्ट्रा।
यी सिरिजमा आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीको भनाइ छ।
सबै स्मार्टफोनहरुमा आइकनिक डिजाइन गरिएको छ। आकर्षक आँखालाई लोभ्याउने खालको नयाँ सिग्नेचर कलर, भ्वोइलेट रङ समायोजन गरिएको छ। यस सिरिजमाा सामसङको आफ्नै अत्याधुनिक प्रोसेसर एक्सिनोस २१०० को प्रयोग गरेको बताएको छ।
यहाँ ‘सामसङ ग्यालेक्सी एस–२१’ का फिचरबारे उल्लेख गरिएको छ।
यस फोनमा अत्याधुनिक चिपसेट तथा स्पिड इफिसियन्सीको समायोजन गरिएको छ। यसले फाइभजी कनेक्शन तथा अन डिभाइस एआइलाई सपोर्ट गर्दछ। त्यसैले फोटो प्रोसेस, डप भिडियो रेकर्ड, गेमिङ्ग म्याराथोन तथा भिडियो इडिट सहजै गर्न सकिन्छ।
यो युवा वर्गलाई लक्षित गरिएको फोन हो। यसमा एडभान्स प्रो–ग्रेड क्यामरा छ। कम्पनीले यसमा ६.८ इन्चको डिस्प्ले दिएको छ। जसले प्रयोगकर्तालाई ठूलो स्क्रिनमा मुभी हेर्न, फाइल खोज्न, फोटो भिडियो लिन सहज हुन्छ।
यसमा आइ कम्फर्ट सिल्ड पनि छ। जसले आँखालाई थकान महशुस नहुने सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापित बताउँछन्। फोनमा ५ हजार एमएएच ब्याट्री दिइएको छ। फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ।
१ सय ८ मेगापिक्सल वाइड, १२ मेगापिक्सल अल्ट्रा वाइड, १० मेगापिक्सल पेरिस्कोप टेलिफोटो र १० मेगापिक्सल टेलिफोटो गरी चार एआई क्यामरा छन्।
जसले प्रयोगकर्तालाई प्रत्येक सटहरु विशेष शटका रुपमा लिन मद्दत गर्दछ। एआई क्यामराले विषयवस्तुलाई स्पष्टरूपमा कैद गरि फोटो खिच्न सघाउँछ। फोनमा भएको स्पेस जुम फिचरले हल्एिको अवस्थालाई कम गरी स्पष्ट फोटो निकाल्छ।
ग्राहकले यो ८ जिबी र्याम २५६ जिबी रोम क्षमतामा किन्न पाउँछन्। यसको मूल्य १ लाख ९ हजार ९९ रूपैयाँ छ।
कम्पनीले हाल यसको प्रि–बुकिङ खुलाएको छ।
प्रि बुकिङ्ग गर्ने ग्राहकहरुलाई सामसङले आकर्षक उपहार दिने बताएको छ।