चिनियाँ ब्रान्डको स्मार्टफोन कम्पनी शाओमी नेपालले तीन सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः एमआइ, पोको र रेड्मी। यी फाेनमध्ये रेड्मी सिरिजका फोन बढी चर्चामा छन्।
कम्पनीले रेड्मी सिरिजको फोन सबै वर्गमा पुर्याउने उद्देश्यले सस्तोदेखि महङ्गा फ्ल्यागसिप फोन बजारमा ल्याएको छ। ग्राहकले रेड्मी सिरिजका १० हजारदेखि ५० हजारसम्मका स्मार्टफोन बजारमा किन्न पाउनेछन्। तीमध्ये यहाँ सस्ता २० हजारभन्दा कमका स्मार्टफोनका विशेषताबारे उल्लेख गरिएको छ।
रेड्मी सिरिज अन्तर्गत रेड्मी–गो, रेड्मी–७ए, रेड्मी–७, रेड्मी–वाइ३, र रेड्मी नोट–७ को मूल्य २० हजारभन्दा कम रहेको छ।
यी स्मार्टफोनमा आधुनिक डिजाइनका फिचर्स समावेश गरिएको कम्पनीले जानकारी दिएको छ।
सस्तो मूल्यमा पाइने भएपनि कम्पनीले यसमा दुईवटा क्यामरा जडान गरेको छ। प्रयोगकर्ताले यी फोनबाट सेल्फी पनि खिच्न सक्छन्।
हेरौं यी फोनमा समावेश अन्य फिचर्स र मूल्य
रेड्मी–गो
- डिस्प्लेः ५ इञ्च
- डुअल क्यामराः ८एमपी प्लस ५एमपी
- प्रोसेरः क्वालकोलम स्न्यापड्रयागन ४२५
- ब्याट्रीः ३ हजार एमएएच
- स्टोरेजः १जिबी/८ जिबी
- मूल्यः ८ हजार ९ सय ९९
- स्टोरेजः १ जिबी/१६ जिबी
- मूल्यः ९ हजार ९ सय ९९
- रङः ब्लु र ब्ल्याक
रेड्मी–७ए
- डिस्प्लेः ५.४५ फुल स्क्रिन डिस्प्ले
- डुअल क्यामराः १२ एमपी प्लस ५ एमपी
- प्रोसेरः क्वालकोलम स्न्यापड्रयागन ४३९ अक्टाकोर
- ब्याट्रीः ४ हजार एमएएच
- स्टोरेजः २ जिबी/३२ जिबी
- मूल्यः १० हजार ९ सय ९९
- रङः ब्लु, ब्ल्याक र गोल्ड
रेड्मी–७
- डिस्प्लेः ६.२६ इञ्च एचडी डट ड्रप डिस्प्ले
- कर्निङ गोरिल्ला ग्लास ५
- ब्याक क्यामराः १२ एमपी प्लस २ एमपी
- सेल्फीः ८ एमपी
- एआई फेस अनलक
- प्रोसेरः क्वालकोम स्न्यापड्रयागन ६३२
- ब्याट्रीः ४ हजार एमएएच
- स्टोरेजः २ जिबी/३२ जिबी
- मूल्यः १४ हजार ९ सय ९९
- स्टोरेजः ३ जिबी/ ३२ जिबी
- मूल्यः १६ हजार ९ सय ९९
- रङः ब्ल्याक, ब्लु, रेड
रेड्मी–वाइ३ः
- डिस्प्लेः ६.२६ इञ्च एचडी डट नच डिस्प्ले
- गोरिल्ला ग्लास ५
- ब्याक क्यामराः १२ एमपी प्लस २ एमपी
- सेल्फीः ३२ एमपी
- एआई फेस अनलक
- प्रोसेरः क्वालकोम स्न्यापड्रयागन ६३२
- ब्याट्रीः ४ हजार एमएएच
- स्टोरेजः ३ जिबी/३२ जिबी
- मूल्यः १७ हजार ९ सय ९९
- यो ४ जिबी / ६४ जिबीमा पनि उपलब्ध छ। जसको मूल्य २० हजार ९ सय ९९ रूपैयाँ छ।
- रङः ब्ल्याक, ब्लु, रेड
रेड्मी–नोट७ः
- डिस्प्लेः ६.३ इञ्च एचडी डट डिस्प्ले
- डुअल क्यामराः ४८ एमपी प्लस १२ एमपी
- एआई फेस अनलक
- प्रोसेरः क्वालकोम स्न्यापड्रयागन ६६०
- ब्याट्रीः ४ हजार एमएएच
- स्टोरेजः ३ जिबी/३२ जिबी
- मूल्यः १९ हजार ९ सय ९९
- रङः ब्ल्याक, ब्लु, रेड