चिनियाँ ब्रान्ड ओपोको फोन किन्ने सोचमा हुनुहुन्छ? की सस्तो फोनको खोजिमा हुनुहुन्छ? यदि सस्तो मूल्यमा उत्कृष्ट फिचर भएको फोन खोज्दै हुनुहुन्छ भने आपोका तीन फोन विकल्प हुन सक्छन्।
ओपोले आफ्ना ग्राहकलाई लक्षित गरेर २० हजारभन्दा कम मूल्यमा उत्कृष्ट फिचर्सका फोन ल्याएको छ। ती फोनहरू क्रमशः ए१–के, ए३–एस र ए५–एस हुन्।
कम्पनीका अनुसार यी फोनमा नयाँ प्रविधि जडान गरिएको छ। कम्पनीले फोनमा दुई वटा क्यामरा राखेको छ। जसको सहायताले प्रयोगकर्ताले फोटो खिच्न सक्छन्।
सिम राख्नका लागि दुईवटा स्लट छ। जसले गर्दा प्रयोगकर्ताले फोनमा दुईवटा सिम राख्न सक्छन्।
फोनको सुरक्षाको लागि अनुहारको माध्यमबाट फोन अनकल गर्न सकिन्छ। साथै फिङ्गर प्रिन्टको सहायताले पनि फोनको लक खोल्न सकिन्छ।
हेरौं यी फोनमा रहेका फिचर्सहरू
ए१–के
- डिस्प्लेः ६.१ इञ्च फुल एचडी
- क्यामराः ८/५ मेगापिक्सल
- स्टोरेजः २ जिबी/३२
- ब्याट्रीः ४ हजार एमएएच
- मूल्यः १४ हजार ७ सय ९०
ए३–एसः
- डिस्प्लेः ६.२ इञ्च फुल एचडी
- फ्रन्ट क्यामराः ८ मेगापिक्सेल
- रियर क्यामराः १३/२ मेगापिक्सेल
- स्टोरेजः २ जिबी/१६ जिबी
- ब्याट्रीः ४ हजार २ सय ३० एमएएच
- मूल्यः १५ हजार ९ सय ९०
ए५एसः
- डिस्प्लेः ६.२ इञ्च फुल एचडी
- फ्रन्ट क्यामराः ८ मेगापिक्सेल
- रियर क्यामराः १३/२ मेगापिक्सेल
- ब्याट्रीः ४ हजार २ सय ३० एमएएच
- स्टोरेजः २ जिबी/१६ जिबी
- मूल्यः १६ हजार ९ सय ९०
- स्टोरेजः ३ जिबी/३२ जिबी
- मूल्यः १८ हजार ५ सय ९०