उत्कृष्ट कार्यक्षमता भएको रेड्मीको ‘रेड्मी–९ए’ एन्ट्री लेबल स्मार्टफोन हो। यसमा दुई वटा क्यामरा छ। जसमा मुख्य क्यामरा १३ मेगापिक्सलको छ भने सेल्फी ५ मेगापिक्सलको छ।
यी दुई लेन्सको सहायताले प्रयोगकर्ताले वाइड एंगलसट, क्लोज अप वा पोट्रेट सट लिन सक्छन्।
यसमा कम्पनीले ६.५३ इञ्चको डिस्प्ले दिएको छ। ठूलो डिस्प्ले भएकोले गेम खेल्न तथा मुभि हेर्न सहज हुन्छ।
५ हजार एमएएचको धेरै ब्याट्री क्षमता भएकाले ग्राहकलाई पटक पटक फोन चार्ज गरिरहनु पर्दैन। १० वाटको फास्ट चार्जिङ सुविधा दिइएकोले चार्ज सकिहाले पनि प्रयोगकर्ताले थोरै समयमै फुलचार्ज गर्न सक्छन्।
ठूलो डिस्प्ले, ५ हजार एमएच ब्याट्री क्षमता र १३ मेगापिक्सल क्यामरा भएकाले यो फोन अन्य फोनको तुलनामा धेरै बिक्री भएको कम्पनीको भनाइ छ।
रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु भएकाले फोन चलाउँदा सहज अनुभव हुन्छ।
तपाईंले यो २ जीबी र्याम र ३२ जीबी स्टोरेजमा किन्न सक्नुहुन्छ। यो कार्वन ग्रे, ओसियनग्रीन र स्काई ब्लु गरी तीन रङमा उपलब्ध छ।
फोन पछाडिको कभरमा ग्रेडिएन्ट कलर डिजाइन गरिएको छ। रेड्मीको अन्य फोन पनि विकल्पमा छन्ः रेड्मी–गो, रेड्मी–७ए र रेड्मी–८ए डुअल।
रेड्मी–गो
यो फोनमा ५ इञ्चको डिस्प्ले छ। पछाडि क्यामेरा ८ मेगापिक्सल अगाडि ५ मेगापिक्सलको दुई वटा क्यामरा राखिएको छ। पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा छ।
३ हजार एमएएच ब्याट्री क्षमता भएको यो फोन ग्राहकले १जिबी र्याम र १६ स्टोरेजमा पाउँछन्। ब्लु र ब्ल्याक गरी दुई रङमा पाइने फोनको मूल्य ९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी–७ए
यो फोनमा ५.४५ इञ्चको डिस्प्ले छ। पछाडि १३ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा छ। ४ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा पाउँछन्।
यो फोन ब्लु, ब्ल्याक र गोल्ड गरी तीन रङमा उपलब्ध छ। फोनको मूल्य १० हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।
रेड्मी–८ए डुअल
यो फोनको डिस्प्ले ६.२२ इञ्चको छ। पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा क्यामरा छन्। ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
५ हजार एमएएच ब्याट्री क्षमता भएको यो ग्राहकले ३ जिबी र्याम ६४ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य १५ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।