एप्पलले आफ्ना आइफोन र आइप्याडका लागि नयाँ आइओएस १४.४ र आइप्याडओएस १४.४ सार्वजनिक गरेको छ।
इन्ग्याजेटका अनुसार अघिल्लो आइओएस १४.३ मा देखिएका समस्या समाधान गर्दै एप्पलले आइओएस १४.४ ल्याएको हो।
यो नयाँ आइओएस डाउनलोड गरेपछि प्रयोगकर्ताले आफ्ना उपकरणमा केही अपडेटहरु पाउने छन्।
जस्तै, प्रयोगकर्ताले आइफोनको सेटिङ मेन्यूमा नयाँ फिचर पाउने छन्, जसले ब्लुटुथ मार्फत आइफोनमा जडान गरिएको अन्य अडियो उपकरण छान्न सक्छन्।
यसो गर्दा, आइफोनले हेडफोनको अडियोस्तर चुनिएका उपकरणको आधारमा नाप्न सक्छ। र, यदि प्रयोगकर्ताको सुन्ने शक्तिलाई हानी पुर्याउने स्तरमा अडियो बजेको छ भने आइफोनले सर्तक हुन मेजेस पठाउँछ।
यसको साथै एप्पलले आइओएस १४.४ मा सुरक्षाको विषयलाई पनि ध्यानमा राखेको छ।
यो अपडेटले अपरेटिङ सिस्टमको कर्नेल कोड र सफारीको वेबटिक इन्जिनसँग सम्बन्धित तीन सुरक्षाका समस्याहरु समाधान गर्नेछ। कर्नेल प्रयोगकर्ताले खराब वेबसाइट खोलेपछि कर्नेल कोड र सफारीको वेबटिक इन्जिनले उपकरण ह्याक गर्न मिल्ने अनुमति दिने समस्या देखिएको हुँदा नयाँ अपडेटले सुधार ल्याउने इन्ग्याजेटले बताएको छ।
एप्पलले साना कियूआर कोड पहिचान गर्न क्यामेरा एपमा पनि सुधार ल्याएको छ।
आइओएस १४.४ ले उपकरणमा देखिएका कयौँ बगहरु पनि ठिक गर्ने इन्ग्याजेटको भनाइ छ।
नयाँ आइओएस १४.४ र आइप्याडओएस १४.४ आइफोन र आइप्याडको सेटिङमा गएर डाउन्लोड गर्न सकिन्छ।