एप्पलले विश्वव्यापी बजारमा फेरी नयाँ रेकर्ड राखेको छ।
एप्पलले हालै घोषणा गरेको एक सचूना अनुसार कम्पनीले आफ्नो पहिलो त्रैमासिकको कमाइमा रेकर्ड ब्रेक गरेको द भर्जले बताएको छ।
अहिले संसारभर एक अर्ब ६५ करोड एप्पल उपकरणका प्रयोगकर्ता रहेको एप्पलका सिइओ टिम कुकको भनाइ छ। जसमा आइफोन, एप्पल म्याक, आइप्याड, एप्पल टि.भी, आइपोड र एप्पलको घडी परेको छ।
द भर्जका अनुसार ती उपकरण मध्ये आइफोन बढी बिक्री भएको छ र यसको प्रयोगकर्ताको संख्या एक अर्ब पुगेको छ।
सन् २०२० मा आइफोन प्रयोगकर्ताको संख्या ९० करोड थियो। नयाँ आइफोन १२ को बिक्री बढेसँगै यस वर्ष आइफोन चलाउनेको संख्या ९ प्रतिशतले वृद्धि भएको हो।
‘यो वर्ष चीनमा बढी बिक्री भएका शीर्ष तीन स्मार्टफोन मध्ये आइफोन दोस्रो स्थानमा परेको थियो,’ एप्पलका सिइओ टिम कुक भन्छन्, ‘कयौँले पुराना आइफोन फेरेर नयाँ आइफोन किनेको र एन्ड्रोइड प्रयोगकर्ताले आइफोन प्रयोग गर्न थालेको देखिन्छ। विश्वका हरेक भौगोलिक क्षेत्रमा एप्पलका प्रयोगकर्ताको संख्या बढिरहेको छ।’
सन् २०१६ मा एप्पल उपकरणका प्रयोगकर्ता एक अर्ब थियो। यसैगरी सन् २०१८ मा सो संख्या एक अर्ब आठ करोडले बढेको थियो।
विश्वव्यापी बजारमा आइफोनको चर्चा बढेसँगै हरेक वर्ष यसको बिक्री संख्या पनि थप हुँदै जाने छ।
एप्पलका उपकरण जति बिक्री हुँदै गयो कम्पनीलाई आफ्नो आइक्लाउड स्टोरेज, एप्पल म्यूजिक, स्ट्रिमिङ भिडियो सर्भिस र अन्य एपको व्यवसाय पनि बढ्दै जाने द भर्जले लेखेको छ।