इन्फिनिक्स मोबाइलले नोट८ आइ स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन १५ वाट क्षमताको चार्जरसहितको हुनेछ।
जसमा ५२०० एमएएच ब्याट्री जडान गरिएको छ। ठूलो ब्याट्रीका कारण प्रयोगकर्ताहरूलाई बारम्बार चार्ज गर्नुपर्ने समस्या नहुने कम्पनीको भनाइ छ। यसको डिस्प्ले ६.७८ इन्च रहेको छ। ग्राहकले यो फोन ६ जिबी र्याम र १२८ जिबी रोममा पाउने छन्।
नोट८ आइ स्मार्टफोनमा ४८ एमपीको क्वाडक्यामेरा छ। जसले राति पनि हाइ रेजुलेसनमा फोटा तथा भिडियो खिच्ने कम्पनीले बताएको छ।
कम मूल्यमै उच्चस्तरकाे फिचरसहितकाे फाेन पाइने भएकाले इन्फिनिक्स नोट ८ आइ लाई ‘गेम चेन्जर’फोन भनिन्छ। यो फोनको मूल्य २१ हजार ४ सय ९० रुपैयाँ छ। बिहीबारदेखि यो फोन दराज अनलाइनमार्फत प्रिबुकिङ गर्न सकिने बताइएको छ।