बालबालिका र युवाका लागि इन्टरनेट प्रयोग सुरक्षित बनाउने उद्देश्यका साथ ९ फेब्रुवरीमा (माघ २७ गते) सुरक्षित इन्टरनेट दिवस २०२१ नेपालमा पनि मनाइने भएको छ।
अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन विश्वभर हरेक वर्ष मउने गरिन्छ।
बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यका साथ काम गरिरहेको संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउने भएको छ।
चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीका अनुसार नेपालमा सुरक्षित इन्टरनेट दिवस २०२१ मनाउनका लागि राष्ट्रिय समन्वय समिति गठन गरिएको छ ।
समितिको सचिवालयको भूमिका चाइल्डसेफनेटले निर्वाह गरेको छ र अन्य समितिका सदस्यहरुमा नेपाल प्रहरी साइबर ब्यूरो, युनिसेफ, प्लान इन्टरनेशनल नेपाल, युवालय, सिविन नेपाल, साथी, एक्शनएड नेपाल, वेदः सिर्जनशील संस्था, लू निभा चिल्ड कन्सर्न ग्रूप, छाता संगठन नेपाल र बाल वाताबरण केन्द्र समिति रहेका छन् ।