सेल्फी एक्सपर्टको रूपमा परिचित ‘ओपो’ले नेपालमा राम्रो बजार पाएको छ। यो चिनीयाँ ब्रान्डको स्मार्टफोन हो।
ओपोको ‘ए’ र ‘एफ’ सिरिजका फोन बढी चल्तीमा छन्। कम्पनीले केही महिनायता एफ सिरिजअन्तर्गत ‘ओपो–एफ१७’ र ‘एफ–१७ प्रो’ बजारमा ल्याएको छ।
ग्राहकको मागबमोजिम विशेषगरी उपभोक्तालाई रातिका समयमा पनि गुणस्तरीय फोटो दिने उद्देश्यले सो फोन बजारमा ल्याएको कम्पनीका पब्लिक रिलेसन म्यानेजर सुरज महर्जन बताउँछन्। उनका अनुसार यो स्मार्टफोन मध्यम मूल्यमा उपलब्ध छ।
केही महिनायता सार्वजनिक गरिएको यी फोनका के–के छन् विशेषता?
ओपो–एफ१७
डिजाइन
ग्राण्डियट डिजाइन प्रयोग यो स्मार्टफोन ६.४३ इञ्चको फुल एचडी डिस्प्लेमा छ। मोबाइलको स्क्रिनको साइज तुलनात्मकरूपमा ठूलो भएका कारण उपभोक्ताले मनोरञ्जनका साथ गेम खेल्न सकिन्छ।
७.४५ एमएम मोटाई र १६३ ग्राम तौल भएको यो फोन सहजै पकेटमा अटाउँछ।
यसमा प्रयोग गरिएको कर्निङ गोरिल्ला ग्लासले फोन झरिहाले पनि हत्तपत्त फुट्नबाट बचाउँछ।
क्यामराः
यसमा १६ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सलको म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। त्यस्तै १६ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ। गुणस्तरीय फोटोग्राफी दिनु यो स्मार्टफोनको मुख्य विशेषता हो।
यसमा नाइट फोटोग्राफीलाई ध्यान दिएर त्यसै अनुरूपको हार्डवेयर तथा सफ्टवेयर राखिएको छ। यस फोनमा प्रयोग गरिएको एआई अल्ट्रा क्लियर ईञ्जिनले फोटोलाई गुणस्तरीय बनाउने काम गर्दछ।
ब्याट्री र स्टोरेजः
फोनमा ४ हजार १५ एमएएच ब्याट्री क्षमताका साथै ३० वाटको फास्ट चार्जिङ सुविधा दिएको छ। धेरै ब्याट्री क्षमता र फास्ट चार्जिङ सुविधाले प्रयोगकर्तालाई दैनिक फोन चार्ज गरिरहनु पर्दैन।
प्रयोगकर्ताले ब्याट्री सकिन्छ कि भन्ने चिन्ता नगरी ढुक्कले चाहेका सबे एप चलाउन सक्छन्। फोन ८जिबी र्याम १२८जिबी स्टोरेजमा उपलब्ध छ।
रङ र मूल्यः
ग्राहकले यो फोन नेभीब्लु डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा पाउँछन्। यसको मूल्य ३३ हजार ९ सय ९० रूपैयाँ छ।
एफ(१७प्रो
अल्ट्रास्लिक डिजाइन
डिस्प्लेः ६.४३
क्यामराः यसमा पछाडि ४८/८ र २/२ मेगापिक्सको चार क्यामरा छ भने सेल्फीका लागि १६ र २ मेगापिक्सलको दुई क्यामरा छन्।
स्टोरेजः ८जिबी/१२८जिबी
ब्याट्रीः ४ हजार १५ एमएएच ब्याटी क्षमता सहित ३० वाटको फास्ट चार्जिङ सुविधा
मूल्यः ४३ हजार ९ सय ९०