स्मार्टफोन कम्पनीहरुले आफ्ना मोबाइलका लागि केबल चार्जर, वायरलेस प्याड वा कोइल चार्जर ल्याइसकेका छन्।
चिनियाँ स्मार्टफोन कम्पनी साओमीले भने वायेरलेस रिमोट चार्जर ल्याउने तयारी गरिरहेको इन्ग्याजेटले लेखेको छ।
साओमीले ‘एमआइ एयर चार्ज’ नामक टेक्नोलोजी सार्वजनिक गरेको छ। जसमार्फत उपकरणहरु रिमोटबाट केही मिटरको दूरीमा नै चार्ज गर्न सकिन्छ।
एमआइ एयर चार्ज टेक्नोलोजीको चार्जर पाँच वाटको हुनेछ। यो चार्जरमा एक सय ४४ एन्टेना हुनेछ र मोबाइलहरुमा मिलिमिटर सम्मको दूरीमा चार्जिङ सिग्नल दिनेछ।
यस चार्जरबाट एकैपटकमा कयौँ उपकरणहरु चार्ज गर्न मिल्छ। यसले स्पिकर र स्मार्टघडी पनि चार्ज गर्ने साओमीले बताएको छ।
चार्जरको सिग्नल एउटा कोठादेखि अर्को कोठासम्म पनि सजिलै टिप्ने इन्ग्याजेटको भनाइ छ। यसरी प्रयोगकर्ताले केबल चार्जरको झन्झट बिना आफ्नो घरका सबै उपकरणहरु वायेरलेस टेक्नोलोजीबाट चलाउन सक्छन्।
साओमीले हाल यस नयाँ टेक्नोलोजीको डेमो मात्र देखाएको छ। यद्यपी यो उपकरण कहिले सार्वजनिक हुन्छ वा कस्तो डिजाइनको हुनेछ भन्नेबारे जानकारी दिएको छैन।