गत वर्ष एप्पलले चार नयाँ उपरकण आइफोन–१२, आइफोन–१२ मिनी, आइफोन–१२ प्रो र आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको थियो।
आइफोनका यी नयाँ मोडलको माग बजारमा निकै बढेको छ र प्रयोगकर्ताले पनि आइफोन–१२ का सिरिज मन पराएको देखिन्छ।
तर, आइफोन–१२ का चार मोडल मध्ये आइफोन–१२ मिनीको बिक्री धेरै कम भएको टेक हिन्दुस्तानले बताएको छ।
५.४ इन्च डिस्प्ले भएको आइफोन–१२ मिनी एप्पलको नयाँ सस्तो स्मार्टफोनमा परेको थियो। तर बजारमा यसको माग त्यति धेरै रहेको देखिदैन।
टेक हिन्दुस्तानका अनुसार आइफोन–१२ मिनी एप्पलको सबैभन्दा कम बिक्री मोडलमध्ये एक हो र विश्व बजारमा यसको बिक्री केबल ६ प्रतिशत छ।
अमेरिकी बैंक जेपीमोर्गन चेजका अनुसार २०२१ को दोस्रो त्रैमासिकमा आइफोन–१२ मिनीको उत्पादन एक करोड दश लाखले घट्ने छ।
यसैगरी आइफोन–१२ को उत्पादन पनि ९० लाखले कम हुने बताइएको छ।
यसको साथै आइफोन–१२ प्रो म्याक्सको बिक्री भने एक करोड दश लाखले बढिरहेको जेपीमोर्गन चेजका विश्लेषक विलियम योंगको भनाइ छ।
आइफोनको इतिहासमा आइफोन–१२ बजारमा सबैभन्दा कम समय टिकेको मोडलमा परेको छ।
एप्पलले यस वर्ष भने सानो आकार भएको अर्को नयाँ आइफोन मोडल उत्पादन गर्ने आशा गरिएको टेक हिन्दुस्तानले उल्लेख गरेको छ।