वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउन ‘तहल्का’ योजना ल्याएको छ।
इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढी मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिन यो योजना ल्याएको कम्पनीकाे भनाइ छ।
यस योजनाअन्तर्गत ग्राहकले नेटभिटीले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबिपिएसको इन्टरनेट सेवा मासिक सात सय ९९ मै पाउने छन्।
वर्ल्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले इन्टरनेट जडान गरेर पनि प्रयोग कम गर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी उक्त योजना ल्याएको बताए।
उनले भने ‘तहल्का’ अफर सस्तो भएकाले आधारभूत टिभी प्रयोगकर्ताहरू, सोसल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ। हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रमलाई समेत सघाउने छ।'