ग्राहकको रोजाइमा परेको विभिन्न मोबाइल ब्राण्डमध्ये एक हो भिभो। भिभोले विशेषगरी क्यामरा र साउण्डलाई प्राथमिकता दिएको छ। कम्पनीले सबै ग्राहक लक्षित गरी सस्तोदेखि महंगोसम्मका फोन बजारमा ल्याएको छ। त्यसमध्ये यहाँ २० हजारभन्दा कम मूल्यका फोनबारे उल्लेख गरिएको छ।
वाइ–९०
फोनको डिस्प्ले ६.२२ इञ्च छ। पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको दुई क्यामरा छन्।
४ हजार ३० एमएएच ब्याट्री क्षमता रहेको फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको बजार मूल्य १४ हजार ४ सय ९० रूपैयाँ छ।
वाइ–९१सी(२०२०)
फोनमा ६.२२ इञ्चको डिस्प्ले छ। पछाडि १३ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको दुई क्यामरा छन्।
४ हजार ३० एमएएच ब्याट्री क्षमता रहेको फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको बजार मूल्य १४ हजार ९ सय ९९ रूपैयाँ छ।
वाइ–११
यसमा ६.२ इञ्चको डिस्प्ले छ। पछाडि ८ मेगापिक्सल र २ मेगापिक्सेल गरी दुई वटा क्यामरा छन्। त्यस्तै, अगाडि ८ मेगापिक्सलको सेल्फी छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको फोन ग्राहकले ३ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको बजार मूल्य १८ हजार ५ सय ९० रूपैयाँ छ।
मोडल | स्टोरेज | मूल्य |
वाइ–९० | २ जिबी / ३२ जिबी | १४,४९० |
वाइ–९१सी(२०२०) | २ जिबी / ३२ जिबी | १४,९९९ |
वाइ–११ | ३ जिबी / ३२ जिबी | १८,५९० |