ओपोले चचियाङ विश्वविद्यालयको सहकार्यमा ओपो–चचियाङ युनिभर्सिटी ज्वाइन्ट इनोेभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ।
ल्याबको मूल उद्देश्य बैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रबर्तन गर्नु रहेको कम्पनीले बताएको छ।
प्राविधिक नवप्रबर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्वविद्यालयमा पर्छ। सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी ¥याकिंङ अनुसार यो ५३औँ स्थानमा छ।
संयुक्त अनुसन्धान परियोजनाअन्तर्गत ओपो र चचियाङ युनिभर्सिटीले आधारभूत रंग विज्ञानका विषयहरु, रंग प्रविधि, प्राविधिकमानक र प्रतिभा विकासका लागि अध्ययन कार्य गर्नेछ।
ल्याबको अर्को प्रमुख लक्ष्य उद्योगकै अग्रणी उत्पादनहरुको डिजाइनमा उच्च गुणस्तरिय रंग ब्यवस्थापन क्षमताका साथै कलर ईञ्जिनियरिङ अन्तर्गतका ब्यवहारिक समस्याको समाधान गर्ने टेक्नोलोजी प्ल्याटफर्मको स्थापना गर्नु हो।
ओपोले बैज्ञानिक प्रतिभा तथा क्षमताको विकासका लागि सक्दो भूमिका निभाउने सोचका साथ बिस्तृत योजनाको खाका तयार पारेको छ।
‘बर्षौंको नवप्रबर्तनका कारण ओपोसँग स्मार्टफोन डिस्प्ले र कलर म्यानेजमेन्ट टेक्नोलोजीअन्तर्गत फुल–पाथकलर म्यानेजमेन्ट सिस्टम जस्ता पर्याप्त विशेषज्ञता र बृहत्त उपभोक्ता अन्तरदृष्टि छ’, ओपोका डिरेक्टर अफफोटोग्राफी ईगल झुले भने, ‘उपभोक्तालाई जीवनका रंगिनपलहरु अझ जीवन्तताका साथ कैद गर्न सघाउने अत्याधुनिक प्राविधिक समाधानहरु उपलब्ध गराउन डा. मिङ रोनियर लुओ र उनका टिमसँग सहकार्य गर्न हामीनिकै उत्साहित छौँ।’