नेपालमा सबैभन्दा धेरै संख्यामा बिक्री हुने मोबाइल मध्ये ‘लाभा’ पनि एक हो। लाभा इन्टरनेसनलले लाभाका फोनलाई नेपाली बजारमा ल्याउँदै आएको छ।
विगत दस वर्षदेखि नेपाली बजारमा लाभाका विभिन्न फोनहरू बिक्री भइरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा लाभा ब्रान्डको हिस्सा सबैभन्दा धेरै, १५ प्रतिशत छ।
विशेषगरी ’बारकिप्याड’ फोनमा लोकप्रिय लाभाले स्मार्टफोन पनि सस्तो मूल्यमै ल्याइरहेको छ। किप्याड फोन चलाइरहेका उपभोक्तालाई मूल्य र फिचर्समा सहज हुनेखालका टच स्मार्टफोन भर्खरै बजारमा ल्याएको छ।
नयाँ स्मार्टफोन लाभा–बेंको वाइ सिरिजअन्तर्गत बेंको वाइ–४०, बेंको वाइ–३०, बेंको वाइ–५० र बेंको –५० प्रो छन्।
यी स्मार्टफोन दस हजार रुपैयाँभन्दा कम मूल्यमा पाइने लाभा इन्टरनेसनलका मार्केटिङ म्यानेजर शंकर मैनालीले जानकारी दिए। सस्तो मूल्यमा धेरै सुविधा पाइने यी स्मार्टफोनबाट आधुनिक प्रविधिको प्रयोग सजिलै गर्न सकिने उनको भनाइ छ।
‘नयाँ टचस्क्रिन प्रविधि, इन्टरनेटमा आधारित म्यासेन्जिङ तथा कल सुविधा, मेमोरी कार्ड नराखी फिल्म स्टोर गरी हेर्न सकिने लगायत सबै आधारभूत सुविधा छ,’ उनले भने।
पछिल्लो समय पढाइ प्रयोजनमा स्मार्टफोन खोजिरहेका स्कुले विद्यार्थीका लागि पनि लाभाका स्मार्टफोन उपयुक्त विकल्प हुने उनको भनाइ छ।
फोनका मुख्य विशेषताबारे तल उल्लेख गरिएको छ।
बेंको वाइ–४०
- डिस्प्लेः ५.० इन्च
- ब्याट्रीः २५०० एमएएच
- क्यामराः मुख्य क्यामरा ५ मेगापिक्सल र २ मेगापिक्सल सेल्फी
- स्टोरेजः १ जिबी याम र ३२ जिबी रोम
- अनुहार र फ्रिंगरप्रिन्टबाट फोन अनलक गर्न सकिने
- रङः हरियो र निलो
- मूल्यः ७ हजार ४ सय ९९ रूपैयाँ
बेंको वाइ–३०
- डिस्प्लेः ५.७१ इन्च एचडी वाटरड्र डिस्प्ले
- ब्याट्रीः २५०० एमएएच
- क्यामराः मुख्य क्यामरा ५ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी
- प्रोसेसरः १.४ गिगाहर्ज क्वाडकोर
- स्टोरेजः १ जिबी र्याम र ३२ जिबी रोम
- रङः हरियो र निलो
- मूल्यः ८ हजार ५ सय रूपैयाँ
बेंको वाइ– ५०
- डिस्प्लेः ५.७१ इन्च एचडी वाटरड्र डिस्प्ले
- ब्याट्रीः २५०० एमएएच
- क्यामराः मुख्य क्यामरा ५ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी
- प्रोसेसरः १.४ गिगाहर्ज क्वाडकोर
- स्टोरेजः १ जिबी र्याम र ३२ जिबी रोम
- अनुहार र फ्रिंगरप्रिन्टबाट फोन अनलक गर्न सकिने
- रङः हरियो र निलो
- मूल्यः ८ हजार ८ सय रूपैयाँ
बेंको वाइ– ५० प्रो
- डिस्प्लेः ५.७१ इन्च एचडी वाटरड्र डिस्प्ले
- ब्याट्रीः ३१०० एमएएच
- क्यामराः मुख्य क्यामरा ८ मेगापिक्सल र ५ मेगापिक्सल सेल्फी
- प्रोसेसरः १.४ गिगाहर्ज क्वाडकोर
- स्टोरेजः २ जिबी र्याम र १६ जिबी रोम
- अनुहार र फ्रिंगरप्रिन्टबाट फोन अनलक गर्न सकिने
- रङः हरियो र निलो
- मूल्यः १० हजार रूपैयाँ