नेपालमा ट्रयाकिङ प्रणालीको सेवा दिनका लागि लाइसेन्स लिनुपर्ने भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवा दिनका लागि लाइसेन्स जारी गर्ने भएको छ। प्राधिकरणले यसका लागि सरकारसमक्ष सिफारिस गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए।
अहिलेसम्म सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलेमात्र अनुमति दिने गरेको छ।कुनै पनि व्यक्तीले यस्तो प्रणाली जडानका लागि मन्त्रालयबाट अनुमति लिनुपर्थ्यो।
प्राधिकरणको सिफारिसअनुसार निर्णय भएमा अबदेखि कुनै पनि सेवाप्रदायकले अनुमति लिएर उपभोक्ता तहमा प्रणाली जडानको अनुमति दिनसक्ने छ।
प्राधिकरणको सिफारिसअनुसार निर्णय भएमा प्रत्येक उपभोक्ता अनुमतिका लागि मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य हुने र सहज पहुँच स्थापित हुने अर्यालको भनाइ छ।