एप्पलले पहिलो पटक भारतमा आइप्याड उत्पादन गर्ने तयारी गरेको छ।
द भर्जकाअनुसार एप्पलले भारत सरकारसँग आफ्नो नयाँ योजनाको लागि वार्ता गरिरहेको छ। भारतले पनि देशमा कम्प्युटर निर्यातलाई प्रोत्साहन गर्ने योजना बनाइरहेको छ। यसैमा एप्पलले आइप्याड बनाउने सम्झौता अघि सारेको छ।
यो पहलको लागि भारत सरकारले पाँच वर्षमा ७० अर्ब खर्च हुने अनुमान लगाएको छ। तर, एप्पलले भने भारतको आपूर्तिसँग एप्पलको माग पुरा गर्न नसक्ने भएकोले दुई सय अर्ब लगानी गर्नु पर्ने बताएको छ।
सन् २०१८ देखि एप्पलले भारतमा आइफोन उत्पादन गर्न सुरु गरिसकेको छ। कम्पनीले आफ्नो उत्पादन चीनमा बनाउन योजना बनाइरहेको द भर्जले बताएको छ।
एप्पलले यो वर्ष आइप्याडको उत्पादन भियतनाम पनि अघि बढाउने रिर्पोटमा उल्लेख छ।
हाल एप्पलले भारतमा आफ्नो उत्पादनको लागि फोक्सकोन, पेगाट्रोन र विस्ट्रोन कम्पनीसँग सहकार्य गर्दै आएको छ। भारतमा आइप्याडको उत्पादन यहीँ वर्षतिर हुने रोयटर्सले उल्लेख गरेको छ।