दराजले हाट बजार योजना ल्याएको छ। दराज हाट बजार मंगलबारबाट सुरु हुनेछ।
उक्त अभियानअन्तर्गत दराजले ग्राहकका लागि महा डील, शून्य ब्याजमा सजिलो मासिक किस्त (ईएमआई), खेल १ रूपैयाँको, निःशुल्क वितरण, निःशुल्क भउचर लगायत प्रस्ताव ल्याएको छ।
ग्राहकहरुले दराज हाट बजारमा ५ लाख भन्दा बढी उत्पादनहरू सुलभ दरमा पाउने कम्पनीले बताएको छ। जसमा विभिन्न किसिमका कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामान पर्छन्।
खेल १ रुपैयाँको गेममा भाग लिने ग्राहकहरुले १९ हजार ९ सय ९९ मूल्यको नयाँ ‘मोटोरोला जी प्ले जस्ता पुरस्कार १ रुपैयाँमा जित्न सक्छन्।
यसबाहेक ग्राहकहरुले १५ हजार ९ सय ९० मूल्यको ‘अनर वाच म्यगिक’ घडी, २१ हजार ७ सय २५ पर्ने तीन सेटको सुटकेस पनि जित्न सक्छन्। छ महिनाको डिश होम इन्टर्नेट प्याकेज पनि जित्न सकिने कम्पनीको भनाइ छ।
दाराजले नेपालका चार बैंक एनआइसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकसँग साझेदारी गरि इएमआइ सुरु गरेको हो।
माथि उल्लेखित बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफुलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन।
यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छुट मार्फत सिमित डेबिट र क्रेडिट कार्ड बाट प्री–पेमेन्ट गर्दा थप १५ प्रतिशत (५०० सम्म) छुट पाउन सक्छन्।
यो अफर प्रत्येक दिन एकल बैंकमा सीमित छ।
दराजले आफ्नो वितरण सेवा उपत्यका बाहिरका २० नयाँ स्थानहरुमा विस्तार गरेको छ।
दराजका नयाँ प्रयोगकर्ताहरूले दुई सय मूल्य भएको पहिलो अर्डर भाउचर निः शुल्क पाउँछन्।