दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङले विभिन्न मोडलका फोन ल्याएको छ। त्यसैमध्ये एक हो ‘सामसङ ग्यालेक्सी–एम२१’।
यसमा कम्पनीले सबैभन्दा धेरै ६ हजार एमएएच ब्याट्री क्षमता दिएको छ। जसले गर्दा प्रयोगकर्तालाई पटक–पटक फोन चार्ज गरिरहनु पर्दैन।
यसमा जडान गरिएको टाइप सी फास्ट चार्जिङ सुविधाले अन्य साधारण चार्जिङको तुलनामा ३ गुणा स्पीड बढाइदिएको सामसङ बिजनेस प्रमुख प्रणय रत्न स्थापितले बताए।
फोनमा कम्पनीले १५ वाटको फास्ट चार्जिङ सुविधा पनि दिएको छ।
यसमा भएको ६.४ इञ्चको ठूलो आकारको डिस्प्लेले फिल्म हेर्न, गेम खेल्न तथा अनलाइन कक्षाको लागि सहजता दिन्छ।
- ६.४ इञ्च डिस्प्ले
- ४८/८/५ मेगापिक्सलको तीन क्यामरा
- सेल्फी २० मेगापिक्सल
- ६ हजार एमएएच ब्याट्री
- ४ जिबी/६४ जिबी र ६ जिबी/१२८ जिबी
- मूल्य क्रमशः २२ हजार ९ सय ९९ र २७ हजार ४ सय ९९ रूपैयाँ
कम्पनीका अनुसार फोनमा बहुआयामिक एवं शक्तिशाली ट्रिपल क्यामरा प्रणाली छ, जसले जस्तोसुकै अवस्थमा पनि गुणस्तरीय फोटो खिच्न सघाउँछ।
जसमा प्रमुख क्यामरा ४८, अल्ट्रा वाइड ८ र डेप्थ ५ मेगापिक्सलको छ। अगाडि भएको २० मेगापिक्सल लेन्सले सेल्फी खिच्न सघाउँछ।
ग्राहकले यो फोन ४ जिबी र्याम ६४ जिबी रोम र ६ जिबी र्याम १२८ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः २२ हजार ९ सय ९९ र २७ हजार ४ सय ९९ तोकिएको छ।
सामसङको एम सिरिज मध्यम मूल्यको फोन भएकोले नेपाली उपभोक्ताले धेरै रूचाएका छन्। यसमा एक शक्तिशाली ब्याट्री, उत्कृष्ट क्यामरा एवं ठूलो स्क्रिन छ जुन नेपालका नयाँ पुस्ताका लागि धेरै आकर्षक बनेको सामसङ बिजनेस प्रमुख स्थापितले बताए।
फोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर छ, जसले प्रयोगकर्तालाई अझै बढी सुरक्षा एवं सहजै अनलक गर्ने सुविधा प्रदान गरेको छ। यसमा भएको फाइन्डर सुविधाले फोनमा भएका विषयवस्तुहरुलाई तुरुन्तै खोज्न सघाउँछ।