एनसेल ग्राहकले एनसेल एपबाटै विभिन्न सुविधा लिन सक्ने भएका छन्। उनीहरुले आवश्यकताअनुसार सेवाहरु सुचारु गर्न सक्छन्। सोमबार सुविधा थप गरेर कम्पनीले एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको हो।
यो अवसरमा उक्त एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जिबी डेटा निःशुल्क दिइनेछ।
नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो। यो अभियानल डिजिटल पावरसँगै छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने कम्पनीको भनाइ छ।
एप प्रयोगकर्ताले मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु लिन सक्छन्।
एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी डेटा र भ्वाइस प्याकहरु लिन सकिन्छ।
यससँगै ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायत काम एपबाटै गर्न सक्छन्। सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने लगायतका सुविधा पनि एपमा छ।