दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङको ‘सामसङ एम–०२’ बजारमा आएको छ। यो एन्ट्री लेबल स्मार्टफोन हो।
फोनमा ५ हजार एमएएच ब्याट्री छ। ६.५ इञ्च डिस्प्ले भएको फोनमा १३ र २ मेगापिक्सलका दुई क्यामरा छन्। सेल्फीका लागि ५ मेगापिक्सलको लेन्स छ।
फोन दुई संस्करणमा उपलब्ध छन्। २ जिबी र्याम र ३२ जिबी रोम भएको फोनको मूल्य ११ हजार ९ सय ९९ छ। ३ जिबी र्याम र ३२ जिबी रोम क्षमता भएको फोनको मूल्य १२ हजार ९ सय ९९ छ।