आइफोन-१२ को बिक्री र लोकप्रियता यो वर्षभर उच्च रहने अनुमान छ। वेडबुस नामक कम्पनीले गरेको विश्लेषणअनुसार यस वर्ष पनि एप्पलका उपकरण बिक्रीमा आइफोन-१२ को वर्चस्व कायम रहने भएको हो।
नयाँ आइफोनको बिक्री बढिरहेकाले विश्वव्यापी बजारमा एप्पलको मूल्यांकन र सम्पत्तिमा पनि वृद्धि भएको एप्पल इन्साइडरले जनाएको छ। अहिले जसरी एप्पलको बजार उक्लेको छ, यही दर कायम रहने हो भने यो वर्ष अन्त्यसम्म कम्पनीको सम्पत्ति तीस खर्ब डलर पुग्ने अनुमान वेडबुसले गरेको छ।
आइफोन-१२ को अत्यधिक बिक्रीले एप्पललाई धेरै फाइदा भइरहेको छ। आइफोन-१२ लाई 'सुपरसाइकल' नाम दिइएको रिर्पोटमा उल्लेख छ।
वेडबुसका विश्लेषक डेभिएल इभ्स र स्ट्रेकर ब्याकका अनुसार एप्पलले यो वर्ष आफ्नो २४ देखि २५ करोड कित्ता सेयर पनि बेच्न सक्छ। सन् २०१५ मा एप्पलले २३ करोड कित्ता बेचेको थियो। यो वर्ष सेयर कित्ता बेच्नेमा पनि कम्पनीले आफ्नै रेकर्ड तोड्न सक्ने अनुमान ब्याकले गरेका छन्।
आइफोन–१२ ले एप्पललाई पुर्याएको फाइदाबाट आइफोन बिक्री अब अन्य समयभन्दा अझै बढी हुन सक्ने एप्पल इन्साइडरले लेखेको छ। हाल एप्पलको आइफोन–१२ प्रो विश्वव्यापी रूपमा बेचिएको प्रमुख मोडल मानिन्छ।