यो वर्ष एप्पल म्याक–प्रो र आइम्याक सार्वजनिक गर्ने तयारीमा छ।
एप्पल इन्साइडरका अनुसार एप्पलले सानो आकारको म्याक–प्रो र पुन डिजाइन भएको आइम्याक सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
नयाँ म्याक–प्रो अहिलेकोभन्दा आधा आकार सानो हुने र आइम्याक २४ इन्चको हुन सक्ने हल्ला छ। यी दुबै उपकरणमा एप्पल सिलिकन प्रोसेसर हुनेछ।
एप्पलका उपकरणबारे खुलासा गर्ने प्रख्यात व्यक्ति जोन प्रोसरले नयाँ म्याक प्रो र आइम्याकको जानकारी र फोटोहरु पाएको एप्पल इन्साइडरले बताएको छ।
जोन प्रोसरका अनुसार म्याक–प्रो एम सिरिज प्रोसेसरको साथ अपडेट गरिनेछ। यो उपकरणको आकार जी–४ क्यूब जस्तो हुनेछ।
यसैगरी आइम्याकको डिस्प्ले डिजाइन आइप्याड–प्रो जस्तै र रंग आइप्याड एयरसँग मिल्दो हुने बताइएको छ। यो नयाँ आइम्याकमा फेसआइडीको फिचर भने हुने छैन।
यी सबै फिचरबारे एप्पलले हालसम्म केही बोलेको छैन। त्यसैले नयाँ म्याक–प्रो र आइम्याक सार्वजनिक हुने मिति अझै तय भएको छैन।
एप्पलका प्रशंसकहरुले दुई नयाँ उपकरण २०२१ को मार्च महिनातिर बजारमा आउने सक्ने अनुमान गरेका छन्।