दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङले विभिन्न मोडलका फोन ल्याएको छ। त्यसैमध्ये एक हो ग्यालेक्सी ‘एम३१’।
सामसङको ‘एम’ सिरिज मध्यम मुल्यअन्तर्गत पर्ने भएकोले नेपाली उपभोक्ताले धेरै रूचाएका छन्।
यसमा शक्तिशाली ब्याट्री, उत्कृष्ट क्यामरा एवं ठूलो स्क्रिन छ जुन नेपालका नयाँ पुस्ताका लागि धेरै आकर्षक बनेको सामसङ बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताए।
फोन आजका युवावर्गहरुको आवश्यकता एवं चाहना अनुरुप निर्माण गरिएको छ।
यसमा कम्पनीले सबैभन्दा धेरै ६ हजार एमएएच ब्याट्री क्षमता दिएको छ। जसले गर्दा प्रयोगकर्तालाई पटक पटक मोबाइल चार्ज गरिरहनु पर्दैन। सहजै पूरै दिन रात मज्जाले फोन चलाउन सकिन्छ।
- ६.४ इञ्चको सुपर एमोएलइड डिस्प्ले
- ६ हजार एमएएच ब्याट्री सहित १५ वाटको फास्ट चार्जिङ सुविधा
- ६४/८/५/५ मेगापिक्सलको चार क्यामरा
- ३२ मेगापिक्सल सेल्फी
- निलो, कालो र रातो गरी तीन रङमा उपलब्ध
- ६ जिबी र्याम १२८ जिबी रोम र ८ जिबी र्याम १२८ जिबी रोम
यसमा टाइप सी फास्ट चार्जिङ्ग सुविधाले अन्य साधारण चार्जिङ्गको तुलनामा ३ गुणा स्पीड बढाइदिएको छ। १५ वाटको फास्ट चार्जिङ्ग सुविधा दिएको छ।
फोनमा ६.४ इञ्चको ठूलो आकारको डिस्प्ले भएकाले ठूलो स्क्रिनमा फिल्म हेर्न, गेम खेल्न तथा अनलाइन कक्षाको लागि पनि यो फोन उपयुक्त हुने देखिन्छ।
६४ मेगापिक्सलको क्यामराले अत्यन्त शुक्ष्म विस्तृत एवं अद्वितीय फोटो खिच्ने सघाउँछ।
८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानव आँखाले जस्तो देख्दछ त्यस्तै क्यामराले खिच्छ। क्लोजप फोटो खिच्नको लागि यसमा ५ मेगापिक्सलको म्याक्रो लेन्स छ। साथै ५ मेगापिक्सलको डेप्थ लेन्सले लाइभ फोटो खिच्न सघाउँछ।
अगाडि ३२ मेगापिक्सलको सेल्फी सुविधा छ।
यो स्मार्टफोनले फोके भिडिओ खिच्न सघाउँछ। फोनमा भएको नाइट मोडले अँध्यारोमा पनि उत्कृष्ट फोटो तथा भिडियो खिच्छ।
फोन ८.९ एमएम मोटाइको भएकोले प्रयोगकर्ताले सहजै पकेटमा फोन राख्न सक्छन्। यसको तौल १९१ ग्राम रहेकाले सहजै हातमा लिन सकिन्छ।
फोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर छ यसले प्रयोगकर्तालाई अझै बढी सुरक्षा एवं सहजै अनलक गर्ने सुविधा प्रदान गरेको छ।
यसमा भएको फाइन्डर सुविधाले फोनमा भएका विषयवस्तुहरुलाई तुरुन्तै खोज्न सकिन्छ।
ग्राहकले यो फोन ६ जिबी र्याम १२८ जिबी रोम र ८ जिबी र्याम १२८ जिबी रोम क्षमतामा किन्न पाउँछन्।
फोनको मूल्य क्रमशः ३० हजार ९ सय ९९ र ३५ हजार ६ सय ९९ तोकिएको छ।