ग्राहकको रोजाईमा परेको विभिन्न मोबाइल ब्रान्ड मध्ये एक हो, भिभो। भिभोले विशेषगरि क्यामरा र साउण्डलाई प्राथमिकता दिएको छ। कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तोदेखि महंगोसम्मका फोन बजारमा ल्याएको छ।
त्यसमध्ये यहाँ २० हजारदेखि २५ हजारसम्मका फोनका बारेमा चर्चा गरिएको छ।
वाइ–२०
फोनको डिस्प्ले ६.५१ इञ्च छ। पछाडि १३ मेगापिक्सल र २ मेगापिक्सलको दुई क्यामरा छन्। सेल्फी क्यामरा ८ मेगापिक्सल छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ३ जिबी र्याम र ३२ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको बजार मूल्य २० हजार ९ सय ९० तोकिएको छ।
वाइ–१२
फोनमा ६.३५ इञ्च छ। पछाडि १३ मेगापिक्सल र ८ मेगापिक्सको दुई क्यामरा छन्। त्यस्तै सेल्फी क्यामरा ८ मेगापिक्सल छ। यो फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता छ।
४ जिबी र्याम र ६४ जिबी रोम क्षमता भएको फोनको २१ हजार ५ सय ९० रुपैयाँ छ। त्यस्तै ३ जिबी र्याम र ३२ जिबी रोम क्षमता भएको फोनको १७ हजार ९ सय ९९ रुपैयाँ छ।
वाइ–१५
फोनमा ६.३५ इञ्च छ। पछाडि १३ मेगापिक्सल र ८ मेगापिक्सको दुई क्यामेरा छन्। त्यस्तै सेल्फी क्यामरा १६ मेगापिक्सल छ।
५ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले ४ जिबी र्याम र ६४ जिबी रोम क्षमतामा किन्न पाउँछन्। फोनको बजार मूल्य २४ हजार १ सय ९० रूपैयाँ तोकिएको छ।
मोडल स्टोरेज मूल्य
वाई २०३जिबी/३२जिबी २०,९९०
वाई १२४जिबी/३२जिबी२१,५९०
वाई १५३जिबी/३२जिबी२४,१९०