चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले आफ्नो नयाँ स्मार्टफोन र घडी मार्चमा सार्वजनिक गर्ने हल्ला छ।
प्रख्यात टिपस्टर इशान अग्रवालका अनुसार वानप्लसले मार्च महिनामा चार नयाँ उपकरण ल्याउन सक्ने अनुमान छ। यी उपकरण मध्ये वानप्लसको तीन नयाँ स्मार्टफोन ९–आर, स्ट्यान्डर्ड–९ र ९–प्रो र एउटा स्मार्टघडी हुनेछ।
९–आर नामक नयाँ स्मार्टफोनलाई पहिले ९–इ वा ९–लाइट नाम दिइएको थियो। यो स्मार्टफोनमा ८ जिबी र्याम र पाँच हजार एम.ए.यच पावरको ब्याट्री हुनेछ। ९–आर वानप्लसको ‘नोर्ड एन’ सिरिज स्मार्टफोन भन्दा सस्तो पनि हुने इन्ग्याजेटले बताएको छ।
नोर्ड एन सिरिज वानप्लसको पछिल्लो नयाँ स्मार्टफोनमा पर्छ। यसमा नोर्ड, नोर्ड एन–१०० र नोर्ड एन–१० ५–जी गरेर तीन स्मार्टफोन छ।
यसैगरी स्ट्यान्डर्ड–९ र ९–प्रो स्मार्टफोनमा भने १२० एच.जेटको डिस्प्ले, ८८८ चिप्स भएको स्नैपड्रैगन प्रोसेसर र कम रिजोलुसन भएको क्यामरा हुने अनुमान गरिएको छ।
वानप्लसको नयाँ स्मार्टघडी गोलो आकार भएको वेयर ओएस फिचरको साथ आउने इन्ग्याजेटको भनाइ छ।
कम्पनीले आफ्ना नयाँ उपकरणहरु प्राय मार्च महिनामा सार्वजनिक गर्छ। यी तीन स्मार्टफोन र नयाँ घडी पनि चाडैँ बजारमा आउन सक्ने छ।