मोबाइल कम्पनी भिभोले भर्खरै नयाँ फोन सार्वजनिक गरेको छ। जुन ‘भिभो–वाइ१२ एस’ हो। विशेषगरि युवा वर्गलाई लक्षित गरी उक्त फोन बजारमा ल्याएको कम्पनीले बताएको छ।
कम्पनीले फोनमा शक्तिशाली ब्याट्री, एआई डुअल क्यामरा र साईड–माउन्टेड फिन्गरप्रिन्ट जडान गरेको बताएको छ।
फोनमा ५ हजार एमएएच ब्याट्री दिइएको छ। जसले गर्दा प्रयोगकर्तालाई पटक–पटक मोबाइल चार्ज गरिरहन पर्दैन।
एक पटक पुरा चार्ज गरेपछि १६ घण्टासम्मको अनलाईन मुभि ९ घण्टा सम्मको गेमिङ अनुभव दिन्छ। यस फोनबाट मोबाईल, पावर बैंक जस्ता अन्य उपकरणहरु चार्ज गर्न सकिने कम्पनीले बताएको छ।
फोनमा ६.५१ इञ्चको फुलभ्यु डिस्प्ले छ। डिस्प्लेमा भएको आइ प्रोटेक्सन मोडले हानिकारक निलो बत्तीलाई फिल्टर गरी प्रयोगकर्ताहरुको आँखालाई सहजता दिन्छ।
फोनमा भएको एआई डुअल क्यामराले प्रयोगकर्तालाई उत्कृष्ट फोटोग्राफीको अनुभव दिन्छ। क्यामरामा फेस ब्युटी र फिल्टरर्स लगायत विविध फिचरहरु राखिएको छ।
- डिस्प्ले ६.५१
- १३ र २ मेगापिक्सल रियर क्यामरा
- ८ मेगापिक्सल फ्रन्ट
- फ्यान्टम ब्ल्याक र ग्लेसियर ब्लु
- ३ जिबी / ३२ जिबी
फोनमा भएको बोके क्यामराले आँखालाई लोभ्याउने शटहरु खिच्न सघाउँछ।
भिभोको साईड–माउन्टेड फिंगर प्रिन्ट डिजाईनले फिन्गरप्रिन्ट स्क्यानरलाई पावर बटनसँग जोडिएको छ जसले एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिन्छ।
भिभोको फेस वेक फिचरले प्रयोगकर्ताको अनुहार चिन्ने बित्तिकै फोन अनलक गर्दछ। गेमहरु खेलिरहेको बेला भने ‘मल्टि टर्बो ४.०’ खेललाई कुनै पनि अवरोध र ढिलाई हुन दिदैँन।
फोनमा प्रयोगकर्ताहरुलाई गेम, एपहरु डाउनलोड गर्न, चलाउन र धेरै फाईलहरु फोनमा राख्नको लागि ३ जिबी र्याम र ३२ जिबी स्टोरेज दिइएको छ।
फोनमा भएको एआई एल्बमले प्रयोगकर्ताको तस्बिरहरुलाई समय, स्थान, घटनाको आधारमा व्यवस्थित गर्न सहयोग गर्दछ। त्यस्तै म्यानेजर फिचरले प्रयोगकर्ताहरुलाई दिनहुँको पट्यारलाग्दो कार्यहरुबाट मुक्त गराउँछ।
रातको समयमा फोनका समस्याहरु स्क्यान गर्ने र क्लिन–अप गर्ने काम गर्न सकिन्छ।
फोनको मूल्य १७ हजार ९ सय ९९ रूपैयाँ छ।