मोबाइल कम्पनी सामसङले ‘एस–२० प्लस’को मूल्य घटाएको छ। नयाँ सिरिज सामसङ ‘एस–२१’ आएसँगै उक्त फोनको मूल्य घटाएको हो।
फोनमा कम्पनीले पहिलेको मूल्यमा १० हजार रूपैयाँ घटाएको छ।
१ लाख ४ हजार ९ सय ९९ पर्ने एस–२० प्सल अब ९४ हजार ९ सय ९९ रूपैयाँमा आउने कम्पनीले बताएको छ।
कम्पनीकाअनुसार यो अफर मार्च महिनाभरिका लागि सीमित गरिएको छ।
गत महिना सार्वजनिक गरिएको ‘एस–२१’ सिरिज अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामरा र आकर्षक डिजाइनका कारण ग्राहकले मनपराएको कम्पनीले बताएको छ।