स्मार्ट उपकरण कम्पनी ओपोले नयाँ फ्ल्यागशिप मोडलअन्तर्गत ओपो ‘एफ–१९प्रो’ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन। तर यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिएको कम्पनीले बताएको छ।
कम्पनीले हाल यो फोनको विशेषताहरुका बारेमा पनि आधिकारिक जानकारी दिएको छैन। तर यसमा अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नयाँ प्रविधि समावेश गरिने अनुमान गरिएको छ।
कम्पनीले एफ सिरिज नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो।