नेपाली बजारमा विभिन्न ब्रान्डका स्मार्टफोनले प्रवेश गरिरसकेका छन्। विश्व स्मार्टफोन बजारमा अग्रपंक्तिमा रहेको सामसङ नेपालमा पनि सबभन्दा रूचाइएको ब्रान्ड हो।
दक्षिण कोरियाली बहुराष्ट्रिय प्रविधि कम्पनी सामसङले आफ्नो नयाँ उत्पादन फ्ल्यागसिप फोन सामसङ ग्यालेक्सी ‘एस–२१’ सिरिज अन्तर्गत ‘एस–२१’, ‘एस–२१ प्लस’ र ‘एस–२१ अल्ट्रा’ सार्वजनिक गरेको छ।
त्यसमध्ये यहाँ ‘एस–२१’ स्मार्टफोन बारे उल्लेख गरिएको छ।
एस सिरिज सामसङका लागि नै महत्वपूर्ण सिरिज हो। यो फ्ल्यागसिप रेन्जको फोन हो
यसको सबभन्दा महत्वपूर्ण पक्ष पफर्मेन्स, क्यामरा र डिस्प्ले हो। फोनमा आधुनिक डिजाइन, अपग्रेडेड क्यामरा, भिडिओ र अहिलेसम्मकै शक्तिशालि प्रोसेसर राखिएको छ।
सबै स्मार्टफोनको आइकनिक डिजाइन छ। आकर्षक र आँखालाई लोभ्याउने खालको नयाँ रङहरूको समायोजन गरिएको छ।
यस सिरिजमा सामसङको आफ्नै अत्याधुनिक प्रोसेसर एक्सिनोस २१०० प्रयोग गरिएको छ। फोनमा अत्याधुनिक चिपसेट तथा स्पिड बढाउने प्रविधि छ। फोनले सहजै फाइभ–जी कनेक्सन तथा अन–डिभाइस एआइलाई सपोर्ट गर्छ। जसबाट फोटो प्रोसेस, उच्च गुणस्तरको भिडिओ रेकर्ड, गेमिङ म्याराथन तथा भिडिओ सम्पादन सहजै गर्न सकिन्छ।
एस–२१
- ६.२ इञ्च एमोइड डिस्प्ले
- कर्निङ गोरिल्ला ग्लास
- ४ हजार एमएएच ब्याट्री, २५ वाट फास्ट चार्जिङ सुविधा
- एक्सिनोस २१०० चिपसेट
- ८ जिबी र्याम र १२८ जिबी स्टारेज
- १२ मेगापिक्सल वाइड, ६४ मेगापिक्सल टेलिफोटो र १२ मेगापिक्सल अल्ट्रा वाइड क्यामरा
- १० मेगापिक्सल सेल्फी क्यामरा
- मूल्यः १ लाख ९ हजार ९ सय ९९ रूपैयाँ।