ग्राहकको रोजाईमा परेको विभिन्न मोबाइल ब्रान्ड मध्ये एक हो, भिभो।
भिभोले विशेषगरी क्यामरा र साउण्डलाई प्राथमिकता दिएको छ। कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तोदेखि महंगोसम्मका फोन बजारमा ल्याएको छ।
भिभोले केही समय अगाडि ल्याएको भी सिरिज अन्तर्गत ‘भी–२०एसइ’ फोनबारे यहाँ उल्लेख गरिएको छ।
थ्री–डी कर्डमा डिजाइन गरिएको यो फोनमा ६.४४ इञ्चको एमोलेड डिस्प्ले छ। फिंगर प्रिन्टको सहायताले फोनको लक खोल्न सकिन्छ।
फोनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज दिइएको कम्पनीले बताएको छ। मेमोरी कार्डको सहयोगले १ जिबीसम्म बढाउन सकिन्छ।
फोनमा चार क्यामरा छ। जसमा मुख्य क्यामरा ४८, वाइड एंगल लेन्स ८, सुपर वाइड एंगल ८ र २ मेगापिक्सलको डेप्थ लेन्स छ। साथै ३२ मेगापिक्सको सेल्फी क्यामरा जडान गरिएको छ।
यस फोनको सहायताबाट फोर–के भिडियो खिच्न समेत सकिने कम्पनीले बताएको छ। यसमा ४१ सय एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधा दिइएको छ।
१ सय ७१ ग्राम तौल भएको उक्त फोन सहजै पकेटमा अटाउन सकिन्छ।
यसको ३९ हजार ९ सय ९० रूपैयाँ पर्छ। उक्त फोन ुग्र्याभिटी’ ब्ल्याक र ‘एक्युमेरिना ग्रीन’ गरी दुई रङमा पाउन सकिन्छ।