डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ। १७ वर्षको अवधिमा कम्पनीमा एक हजार जनालाई रोजगारी दिएको छ। सन् २००४ को मार्च ६ बाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो।
कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन लगायत प्रविधिहरू निर्माण गरिसकेको छ।
यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ।
एफवान सफ्ट ग्रुप तीनजना युवाको परिकल्पनाबाट सुरू भएको हो।
यो ग्रुप अन्तर्गत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन्।
एफवान सफ्ट ग्रुप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन्।
कम्पनीकाअनुसार वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्छ।