स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइल रियलमीको ‘मिड–रेन्जर’ फोन ‘रियलमी–६ आइ’ को मूल्य घटेको छ।
पाँचौँ संस्करणको सफलतापछि उक्त फोनको क्यामरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादन गरिएको कम्पनीको भनाइ छ। कम्पनीले छैठौँ संस्करणमा यो मोबाइल फोन बजारमा ल्याएको थियो।
कम्पनीका अनुसार साे फाेनमा पहिलेको मूल्यमा २ हजार रूपैयाँ घटाइएको छ।
फोनको मूल्य पहिले २५ हजार ९ सय ९० रूपैयाँ थियो। अहिले २३ हजार ९ सय ९० रूपैयाँमा झरेको छ।
फोनमा १६ एमपी अल्ट्रा क्लियर फन्ट क्यामरा, एफ २.० अपर्चर, स्मार्ट ब्युटी मोड, बोके इफेक्ट लगायतका विशेषता छन्।
रियलमी ६ मा ६४ एमपी मुख्य क्यामरा, ८ एमपी अल्ट्रा–वाइड एंगल, २ एमपी म्याक्रो लेन्स र २ एमपी ब्ल्याक एन्ड ह्वाइट प्रोट्रेट लेन्स छ।
यो फोन ४ जिबी र्याम र १२८ जिबी स्टोरेजमा उपलब्ध छ।