सोसल मिडिया एप व्हाट्सएपले केही आइफोनमा काम गर्न छाडेको छ।
ग्याजेट्सनाउका अनुसार आइओएस ९ संस्करणमा चलिरहेका आइफोनमा व्हाट्सएप नचल्ने भएको हो।
हाल व्हाट्सएपको संस्करण आइओएस २.२१.५० बेटा रहेको व्हाट्सएपको फिचर र परिवर्तन ट्रयाक गर्ने वेबसाइट ‘वाबबेटाइन्फो’ले बताएको छ। जसले गर्दा सो एप आइओएस १० भन्दा माथिको संस्करण भएका आइफोनमा चल्ने उल्लेख गरिएको छ।
यी आइफोनमध्ये आइफोन–४ देखिका अघिल्ला आइफोनहरुमा एपले समर्थन गर्ने छैन। आइफोन–४ एस, आइफोन–५, आइफोन–५ एस, आइफोन–६ र आइफोन–६ एस मोडलमा भने आइओएस ९ संस्करण अपडेट हुनुपर्छ।
हाल आइफोनको नयाँ आइओएस अपडेट आइओएस १४.४ सम्म छ।
यसैगरी व्हाट्सएपले आफ्नो प्रणालीमा नयाँ अपडेट पनि थपेको छ।
एपका अनुसार प्रयोगकर्ताले आरकाइभ्ड च्याटबाट मेसेज पाउने बित्तिकै यसको आरकाइभ्ड फिचर हट्दैन।
यो फिचर अब चाँडै आइओएस र एन्ड्रोइडको नयाँ अपडेटमा आउने व्हाट्सएपले जानकारी दिएको छ।