चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ल्याउने भएको छ।
कम्पनीले फोल्डेबल स्मार्टफोनको लागि चाहिने स्क्रिन र अन्य टेक्नोलोजीमा काम गरिरहेको चिनियाँ टेक अखबार प्यानडेलीले बताएको छ।
साओमीको फोल्डेबल स्मार्टफोनमा डुअल डिस्प्ले हुने र यो क्वालकोम स्न्यापड्रागन ८८८ प्रोसेसरमा चल्ने छ। यसको फोल्डिङ डिस्प्लेको आकार ७ इन्च हुने रिर्पोटले जानकारी दिएको छ।
फोनमा १०८ मेगापिक्सलकाे मुख्य क्यामरा छ।
यो स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री पावर हुनेछ र यसको चार्जिङ स्पिड ६७ वाटको हुने प्यानडेलीको भनाइ छ।
स्मार्टफोन विश्लेषक योङ रोसका अनुसार साओमीको नयाँ फोल्डेबल स्मार्टफोनको नाम एमआइ मिक्स ४ प्रो म्याक्स हुन सक्नेछ। यो स्मार्टफोन यही वर्ष बजारमा आउन सक्ने उनले भनेका छन्।
साओमीले भने आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनबारे केही उल्लेख गरेको छैन। यो फोल्डेबल स्मार्टफोन सार्वजनिक हुने मिति पनि हालसम्म तय भएको छैन।