यस वर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गते देखि हुने भएको छ।
कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन गरी मेला बारे जानकारी गराएको हो। मेला बैशाख २८ देखि जेठ २ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने छ।
कोभिड महामारीका कारण यस वर्ष विगत बर्षमा भन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको हो। कोभिड महामारीको जोखिम कम भइनसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पुर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन्।
क्यान मेला प्रवेश टिकटलाई यसबर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन । सर्वसाधरणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैया प्रवेश शुल्क तोकिएको छ। सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ।
यसबर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ। नेपालमा सूचना प्रविधिबारे वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो। क्यानले विगत २० बर्ष देखि राष्ट्रिय र अन्तराष्ट्रिय सुचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ।