एप्पलले आफ्नो स्मार्टघडीमा चाडैँ वाचओएस अपडेट ल्याउने भएको छ।
कम्पनीले सफ्टवेयर अपडेट सार्वजनिक हुने आधिकारिक मिति खुलासा नगरेपनि नयाँ वाचओएस ७.४ केही हप्तामै एप्पलको स्मार्टघडीमा आउने सिनेटले अनुमान गरेको छ।
स्मार्टघडीमा वाचओएस ७.४ र आइफोनमा आइओएस १४.५ को अपडेटपछि प्रयोगकर्ताले घडीबाट सिधैँ आइफोनको लक खोल्न सक्नेछन्।
प्राय आइफोनको लक खोल्न प्रयोगकर्ताले आफ्नो अनुहार फोनमा देखाएर फेसआइडी फिचर पुरा गर्नुपर्ने हुन्छ। एप्पलको स्मार्टघडीमा आउने वाचओएस ७.४ को संस्करणमा भने प्रयोगकर्ताले मास्क लगाएर घडीमार्फत् आइफोन अनलक गर्न सक्ने सिनेटले बताएको छ।
यो फिचर प्रयोग गर्नका लागि एप्पलको स्मार्टघडी र आइफोन एकआपससँग कनेक्ट गर्नु पर्छ। आइफोनको सेटिङमा गएर ‘फेसआइडी र पासकोड’ विकल्पमा क्लिक गरी यो फिचर पाउन सकिन्छ। यसरी स्मार्टघडीबाट लक खोल्ने बित्तिकै आइफोनमा नोटिफिकेसन बज्छ।
एप्पलको स्मार्टघडीमा अन्य धेरै फिचरहरु पनि आउने बताइएकाे छ।
यो नयाँ संस्करणमा एप्पल स्मार्टघडीको मूल्यबारे हालसम्म कुनै जानकारी दिएको छैन।