स्मार्टफोन उपकरण कम्पनी ओपोले नयाँ फ्ल्यागशिप मोडलअन्तर्गत ओपो ‘एफ–१९प्रो’ भर्खरै बजारमा ल्याएको छ।
यसमा अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नयाँ प्रविधि समावेश गरिएको कम्पनीले बताएको छ। फोनमा ६.४ इञ्चको डिस्प्ले दिएको छ।
एफ१९ प्रोमा ४८ एमपी मुख्य क्यामरा सहित चार क्यामरा दिइएको छ। जसमा ८ एमपी अल्ट्रा वाइड, २ एमपी म्याक्रो र २ एमपी मोनो लेन्स छ।
३२ एमपीको सेल्फी क्यामरा दिइएको छ।
फोनको ब्याट्री क्षमता ४ हजार ३ सय १० एमएएच ब्याट्री दिइएको छ। चार्ज सकिहाले ३० वाटको भोक फ्ल्यास चार्ज दिइएको छ जसको सहायताले फोन छिटै चार्ज गर्न सकिन्छ।
५ मिनेट चार्ज गरेपछि साढे दुई घण्टासम्म युट्युव चलाउन सकिने कम्पनीले बताएको छ। एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरिसकेपछि ढुक्क भई १६ घण्टासम्म अनलाईन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ।
यो फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दूई रंगमा उपलब्ध छ। फोन ग्राहकले ८ जिबी र्याम र १२८ जिबी स्टोरेजमा किन्न पाउँछन्। फोनको मूल्य ४४ हजार ९ सय ९० छ।
कम्पनीले फोनसँगै ब्याण्ड स्टाइल पनि बजारमा ल्याएको छ। जसको मूल्य ५ हजार ५ सय ९९ छ। ओपो ब्याण्ड स्टाइल मार्च २३ देखि उपलब्ध हुने कम्पनीले बताएको छ।